तनहुँ । नेकपा माओवादी केन्द्र घिरिङ गाउँ समितिको दोश्रो अधिबेशन चुन नारायण श्रेष्ठलाई अध्यक्ष चयन गरि सम्पन्न भएको छ। अधिवेशनले चुन नारायण श्रेष्ठलाई सर्वसम्वत अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा होम बहादुर बि. क.,उपाध्यक्षमा रामजी अर्याल,उपाध्यक्षमा मधु नेपाली,सचिबमा जनक राना,सहसचिबमा किरण राना र कोषाध्यक्षमा रुक्मा श्रेष्ठसहित २९ सदस्यीय गाउँ समिति निर्बाचित गरिएको छ।








