त्रिभुवन विश्वविद्यालयमा ८ डीन र ३ निर्देशक नियुक्त

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषद्ले ८ डीन नियुक्त गरेको छ । शनिबार डीन नियुक्त गरिएको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिए ।

‘कार्यविधिको आधारमा नियुक्त गरिएको छ । तीन जनामध्ये एक जना छान्ने विधि प्रयोग गरियो,’ उनले भने । सर्वसम्मतिले डीन नियुक्त गरिएको उनले बताए । उनका अनुसार दोस्रो पटक डीन नदोहोर्‍याउने नीति छ ।

छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई गर्ने कि अर्को छान्ने भन्नेमा विवाद थियो । वर्णानुक्रम अनुसार नाम भएकाले तीन जनामध्ये एक जना छान्ने नीति परिषद्ले लिएको हो ।

प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले ७ पुस भित्र नियुक्त गर्न निर्देशन दिएका थिए ।

को को बने डिन ?

शिक्षाशास्त्र संकाय- प्रा.डा. बेदराज आचार्य

वन विज्ञान अध्ययन संस्थान- सहप्राध्यापक ठाकुर सिलवाल

चिकित्साशास्त्र अध्ययन संस्थान- प्रा‍.डा. मोहोनराज शर्मा

मानविकी तथा सामाजिकशास्त्र- प्रा‍.डा. द्विविनन्द ढकाल

व्यवस्थापन संकाय- प्रा. डा. महानन्द चालिसे

विज्ञान तथा प्रविधि अध्ययन संस्थान- प्रा‍.डा. शंकर खनाल

कृषि र पशुविज्ञान अध्ययन संस्थान- सहप्राध्यापक डा. किशोरचन्द्र दाहाल

इन्जिनियरिङ अध्ययन संस्थान- प्रा‍.डा. सुशीलबहादुर बज्राचार्य

तीन निर्देशक पनि नियुक्त

त्रिविको कार्यकारी परिषद्ले तीन निर्देशक पनि नियुक्त गरेको छ ।

शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा डा. सहप्राध्यापक राजेन्द्र कुँवर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा‍.डा. म‍ीना राजभण्डारी र योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मा नियुक्त भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्