चन्द्रागिरिमा मोटरसाइकल खस्दा घाईते २६ वर्षीय टिकारामको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं। चन्द्रागिरि नगरपालिका–२ मसिनेस्थित सडकबाट करिब ७० मिटर तल मोटरसाइकल खसेको छ ।

बा ३३ प ३६८ नम्बरको मोटरसाइकल सडकबाट खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुने चालकमा धादिङको धुनिबेशी नगरपालिका–७ घर भएका २६ वर्षीय टिकाराम तामाङ छन् ।

आइतबार राति दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्