लमजुङ घाम्राङका सरोज गुरुङ बने सहारा क्लव हङकङको अध्यक्ष

सर्वज्योति
  • ख-
  • ख+

सहारा क्लब हङकङको अध्यक्षमा लमजुङका सरोज (खम) गुरुङ चयन भएका छन् । क्लवको चौथो अधिवेशनले क्व्होलासोथार गाउँपालिका ८, घाम्राङका गुरुङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
लमजुङ सेवा समिति हङकङका निवर्तमान अध्यक्ष एवं सल्लाहकार समेत रहेका गुरुङ यसअघि क्लवका उपाध्यक्ष थिए । हङकङमा आइतबार आयोजित अधिवेशनले आगामी ३ वर्षका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमिति उपाध्यक्षमा सुमित्रा गुरुङ र तिलक गुरुङ, महासचिवमा ओमप्रसाद गुरुङ, सचिवमा अनिल गुरुङ, कोषाध्यक्षमा प्रवीण गुरुङ र सहकोषाध्यक्षमा उर्मिला घले निर्वाचित भएका छन् ।

सदस्यमा सरिता गुरुङ, विकास गुरुङ, राजु गुरुङ (सुपर), प्रदीप गुरुङ, राजु गुरुङ, गमन घले, कपिल गुरुङ, शरद ज्वारचन, पूर्ण गुरुङ (प्रेम), झोना गुरुङ, करना श्रेष्ठ र संगीता गुरुङ चयन भएका छन् । रिक्त केही पदमा पछि मनोनित गरिने भएको छ । निर्वाचन समितिमा दुर्गा गुरुङ, अरेन्द्र गुरुङ र दुर्गा मिलन गुरुङ रहेका थिए ।

अधिवेशनलाई सम्बोधन गर्दै क्लवका सल्लाहकार देव गुरुङले सहारा क्लब पोखराको सहयोगमा संस्थाले गरेका गतिविधिको प्रशंसा गरे । उनले आसन्न २४ औं आहारारा गोल्डकपका लागि थप ५१ हजार रुपैयाँ सहयोगको घोषणासमेत गरे ।

कार्यक्रममा नेपाली महासंघ हङकङका अध्यक्ष र एआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल, सहारा क्लब हङकङका प्रमुख सल्लाहकार दुर्गा गुरुङ (एण्डी) लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव कुमार गुरुङ, उपाध्यक्ष सरोज (खम) गुरुङले आफ्ना भनाइ राखेका थिए ।

तस्बिर सौजन्यः एचकेदर्पण

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्