कास्कीको बतासेडाँडामा जिप दुर्घटना, ५ जना घाइते

सर्वज्योति
  • ख-
  • ख+

पोखरा । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. १० बतासेडाँडामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

ग १ ज ६८२१ नम्बरको जिप आज अपराह्न पौने ३ बजे दुर्घटना भएको हो ।

पोखराबाट घान्द्रुक जाँदै गरेको जिप सडकबाट करिब ६०० मिटर तल खसेको छ । जिपमा सवार ७ जनामध्ये ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि पोखरा ल्याइएको छ ।
साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्