तनहुँ, । लायन्स क्लब अफ तनहुँ दमौलीको आयोजनामा ब्यास नगरपालिका वडा नं. ६, क्रियापानीस्थित श्री अमृत आधारभूत विद्यालयका आर्थिक रूपमा कमजोर विद्यार्थीहरुलाई स्विटर वितरण गरिएको छ । क्उलबफे उक्त विद्यालयमा अध्ययनरत २४ जना विद्यार्थीलाई जाडो मौसमका लागि १ विद्यार्थी १ स्विटर वितरण वितरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथ्यता ब्यास वडा नं. ६ का अध्यक्ष जिवन गुरुङ कुमारले गरेका थिए भने कार्यक्रममा विशिष्ट अतिथि राजकुमार श्रेष्ठ (राकु), डिस्टिक अफिसर बसन्त गीरि, क्लबका प्रथम उपाध्यक्ष बसन्त जिसि, सचिव सन्तोष ज क , पदाधिकारि सन्तोष दहाल र संस्थापक सदस्य महेन्द्र रिजाल, सरोज कुमार अधिकरि , सुमन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
उक्त अवसरमा लायन्स क्लब अफ तनहुँ दमौलीका अध्यक्ष रनिल रोकाले क्लबले सधैं समाजसेवाको माध्यमबाट सकारात्मक योगदान गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमले बालबालिकाहरूलाई जाडोबाट बचाउन मात्र होइन, उनीहरूमा आत्मविश्वास र सशक्तिकरणको भावना पनि थपेको र लायन्स क्लब अफ तनहुँ दमौलीको यो कदमले समाजसेवाको क्षेत्रमा उदाहरणीय कार्य गरेको सहभागीहरुको धारणा रहेको थियोे ।








