कवि एवं पत्रकार सरोज ओझालाई तीन सम्मान

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं/ नेपाली त​था अङ्रेजी साहित्य र पत्रकारितामा उल्लेखनीय योगदान पुर्‍याएका कवि एवम पत्रकार सरोज ओझा तीन विभिन्न संस्थाबाट सम्मानित भएका छन। उनले प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सम्मान प्राप्त गरेका हुन।

नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा ओझालाई सम्मान गरिएको थियो। यही पुस ४ गते आयोजित कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा। राजेन्द्र प्रसाद यादवले ओझालाई सम्मान प्रदान गरेका थिए।

त्यस्तै, पुस ५ गते न्युजलाईन्स मिडियाको ९ औं वार्षिकोत्सव समारोहमा प्रथम उपराष्ट्रपति परमानन्द झाले ओझालाई अर्को सम्मान प्रदान गरे। ओझा नेपाल टेलिभिजनमा प्रसारण हुने सचेतना कार्यक्रमका प्रस्तोता तथा निर्देशकका रूपमा परिचित छन।

अन्तर्राष्ट्रिय स्तरमा पनि ओझाले सफलता प्राप्त गरेका छन। फिलिपिन्सस्थित अन्तर्राष्ट्रिय साहित्यिक संस्था ‘जिजाविक कोट्स एण्ड पोयम’ले ओझालाई पुस ६ गते ‘लिटिरेचर विजार्ड -पोय​ट अफ द इयर’ अवार्ड प्रदान गरेको हो।  

‘यस्ता सम्मानहरूले मलाई अझ बढी जिम्मेवार ब​न्न​ प्रेरित ग​र्व्को छ। म यो अवसरका लागि आयोजकहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। नेपाली त​था अङ्रेजीसाहित्य, कला र पत्रकारिताको माध्यमबाट समाजको सेवा गर्न सधैं तत्पर रहनेछु’।

साहित्यमा छुट्टै पहिचान बनाएका ओझाले सामाजिक सचेतनाका कार्यक्रमहरूमार्फत जनचेतनाको अभियानलाई सशक्त रूपमा अघि बढाइरहेका छन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्