तनहुँ । पछिल्लो समय समाजसेवामा सक्रिय रहेका युवाद्वय अविनाशनाश पन्थ र दिवस पन्थको नेतृत्वमा सञ्चालित स्कुल स्विटर अभियान’ अन्तर्गत आर्थिक रुपमा कमजोर बालबालिकालाई स्विटर सहयोग गरेका छन् । पन्थद्वयले अभियानको क्रममा व्यास-१३ स्थित जनजागृति माध्यमिक विद्यालयमा अध्ययनरत २६ जना बालबालिकालाई जाडोका लागि विद्यालयको स्विटर प्रदान गरेका हुन्।
यस सहयोग कार्यको प्रशंसा गर्दै व्यास-१३ का कार्यवाहक वडा अध्यक्ष हरिचन्द्र पन्थले अभियानका नेतृत्वकर्ताहरूलाई सम्मान गरेका थिए।
सामाजिक उत्तरदायित्व वहन गर्दै गरिएको यो अभियानले विपन्न बालबालिकालाई ठूलो राहत पुगेको छ स्थानीय अभिभावकहरुको भनाइ रहेको छ ।








