विराटनगरमा हातखुट्टा बाँधिएको अवस्थामा २२ बर्षिय युवती फेला, सामूहिक बलात्कारको आशंका

सर्वज्योति
  • ख-
  • ख+

विराटनगर । मर्निङ वाकमा निस्किएकी मोरङको जहदाकी २२ वर्षीया युवती बाँसघारीमा अर्धचेत अवस्थामा फेला परेकी छन् । हातखुट्टा बाँधिएको अवस्थामा फेला परेकी युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले आशङ्का गरेको छ ।

आज बिहान ‘मर्निङ वाक’मा निस्किएका बेला ती युवती सामूहिक बलात्कारमा परेको हुनसक्ने मोरङ प्रहरीले जनाएको छ । उनी दिउँसो बाँसघारीमा हातखुट्टा बाँधिएको र मुखमा पट्टी लगाएको अवस्थामा अर्धचेत भेटिएकी थिइन्।

अहिले उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानले युवतीमाथि सामूहिक बलात्कार भएको देखिएको डीएसपी जोशीले बताए ।

उनले भने, ‘हामीले घटनाको अनुसन्धान शुरू गरेका छौं । घटनामा संलग्नको खोजी कार्यलाई तीव्र पारिएको छ ।’
साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्