पन्थद्धारा मत्स्यकन्या आधारभूत विद्यालयका विद्यार्थीहरुलाई २० थान झोला सहयोग

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । सामाजिक सेवामा गहिरो रुचि राख्ने कक्षा १२ मा अध्ययनरत अविनाश पन्थले व्यास नगरपालिका वडा नम्बर १२ मत्स्यकन्या आधारभूत विद्यालयका विद्यार्थीहरुलाई झोला सहयोग गरेका छन् । पन्थले उक्त विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर बालबालिकालाई २० थान विद्यालय झोला वितरण गरेका हुन् । झोला प्रदान ग र्दै उनले आर्थिक रुपमा कमजोर भएका विद्यार्थीलाई किताव कापी लिएर विद्यालय आउन सजिलो होस् भनेर आफुले झोला प्रदान गरेको बताएका थिए ।
उक्त अवसरमा पन्थले गरेको कार्यको प्रशशां गर्दै विद्यालय परिवारले सम्मान गरेको थियो।

युवा अवस्थामा नै सामाजिक कार्यमा सक्रिय भएका पन्थले शिक्षा, स्वास्थ्य, र वातावरण संरक्षणजस्ता विविध विषयहरूमा केन्द्रित रहेर समुदायलाई सहयोग पुर्‍याउने काम गरिरहेका छन्। उनका यस्ता प्रयासहरूले स्थानीय समुदायलाई राहत मात्र दिएको छैन, अन्य युवाहरूलाई पनि सामाजिक सेवामा लाग्न प्रेरणा प्रदान गरेको र यस्ता कार्यहरुलाई सरकार र समाजले पनि सहयोग गर्नुपर्ने अन्य सामाजिक अगुवाहरुको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्