तनहुँ । व्यास नगरपालिका वडा नं. १४ छाब्दिका अविनाश पन्थले व्यास नगरपालिका वडा नं. ५ साँगे स्थित श्री सिन्धु आधारभूत विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका बालबालिकालाई जाडोको कपडा वितरण गरेका छन् । पन्थले आज उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ३८ थान न्यानो कपडा वितरण गरेका हुन् ।
आफु १२ कक्षामा अध्ययनरत भएपनि आवश्यकता भएका व्यक्तिहरुलाई सहयोग गर्ने ईच्छा भएकोले आफुले धेरै समय अगाडिदेखि आफुले सहयोग अभियान शुरु गरेकोले त्यसै अभियान अन्तर्गत सिन्भु मा.वि. का विद्यालयमा सहयोग गरेको अभियन्ता अविनाश पन्थले बताएका छन् ।








