काठमाडौं । पछिल्लो समय आफ्ना सभापत रवि लामिछाने सहकारी काण्डको अनुसन्धानमा जेल परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले ६० जिल्लामा भेला गरेर तदर्थ समिति गठन गरेको छ । २०८२ वैशाख अन्तिम साता प्रथम महाधिवेशन गर्ने कार्यतालिका अनुसार जिल्ला भेला भइरहेको रास्वपाले जनाएको छ ।
पार्टीको निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार १२ जिल्लामा भेलाका मिति तय गरिएको आयोगले जनाएको छ । हिमाली जिल्ला मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला र पूर्वी रुकुममा भने जाडोको समयमा भेला सम्भव नभएकाले फागुनमा हुने बरालले जानकारी गराए ।
पार्टी सभापति रवि लामिछानेको पक्राउका कारणले पूर्व निर्धारित कार्यतालिका डेढ महिना असर पुगेको रास्वपाले जनाएको छ ।








