नेपाली कहिल्यै हार्न नजान्ने स्वाभिमानी नागरिक भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा उपनिवेशवादले राज गरेको बेला पनि नेपाल सदैव स्वाधीन मुलुक रहेको भन्दै देशभक्ति भावना छाड्न नहुने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय ९त्रिवि० को ५०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वाभिमानी देशका स्वाभीमानी नागरिकले कहिल्यै हार्न नजानेको भन्दै देशभक्ति भावनाबाट ओतप्रोत हुन आग्र गरे ।

उनले भने, ‘उपनिवेशवादले दुनियामा राज गरेको बेला हाम्रो मुलुक सदैव स्वाधीन रह्यो । जसले हार्न जानेन । हामी स्वाभिमानी देशका स्वाभिमानी नागरिक हौं । त्यसकारण देशभक्तिको भावना छाड्नु हुँदैन ।’

नेपालीहरू बुद्धको देशका मानिस भएको भन्दै उनले आफूहरूले सदैव शान्ति चाहने बताए ।

धानमन्त्री ओलीले घमण्डलाई त्यागेर सालिनता, विनम्रतालाई अंगालेर आदर्श व्यक्तिको रूपमा चिनिनु पर्नेमा जोड दिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्