१७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने सरोज र सम्राट पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । काठमाडौँको सेतोपुलमा सामूहिक बलात्कार भएको छ । १७ वर्षीया किशोरीलाई दुई जना किशोरले डेरामा लगेर बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ घर भएर काठमाडौँ महानगरपालिका–३० स्थित सेतोपुलमा बस्ने सम्राट् बस्नेत र सरोज महतरा छन् ।

पुस ९ मा आरोपीहरूले घुम्न जाने भनेर किशोरीलाई ललाई फकाई डेरामा लगेर बलात्कार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । उनीहरु शनिवार दिउँसो पक्राउ परेका हुन् ।

घटनाबारे पीडितले प्रहरी वृत्त मालिगाउँमा जाहेरी दिएकी छन् ।
साभारः रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्