तनहुँ । भानु नगरपालिका वडा नं. ८ महन्तेहटियामा रहेको मनोहर माध्यमिक बिद्यालय भु.पु. बिद्यार्थी समाजले ४५ जना विद्यार्थीलाई न्यानो कपडा ( स्विटर) सहयोग गरेको छ । आफु अध्ययन गरेको विद्यालयलाई सहयोग गर्ने कार्यक्रम अन्तर्गतको दोश्रो कार्यक्रम स्वरुप उक्त विद्यालयमा अध्यनरत न्युन आर्थिक अबस्था भएका ४५ जना बिद्यार्थीहरुलाई न्यानो कपडा (सुइटर) बितरण गरेको हो ।
उक्त अवसरमा समाजका अध्यक्ष रिदय भट्ट आफ्नो संस्थाले बिशेष गरेर यस विद्यालयमा अध्ययनरत गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने मनसायले करिब १ बर्ष अगाडि संचालनमा आएको र दोश्रो कार्यक्रम स्वरुप उक्त विद्यालयमा अध्यनरत न्युन आर्थिक अबस्था भएका बिद्यार्थीहरुलाई न्यानो कपडा ( स्विटर) सहयोग गरेको बताएका थिए ।
उक्त अवसरमा बिद्यालय व्यवस्थापन समतिका अध्यक्ष दयाराम ढकालले समाजले निकै राम्रोे काम गरिहेको र आँउदा दिनमा पनि आफु अध्ययन गरेको विद्यालयलाई अझ राम्रो बनाउन लाग्ने आशा व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिमान नेपालीले मनोहर मा. बि. भु.पु. बिद्यार्थी समाजलाई सहयोगको लागि धन्यवाद दिएका थिए ।
करिब १ बर्ष अगाडि गठन भएको मनोहर मा. बि. भु.पु. बिद्यार्थी समाजले विद्यालयको स्तर उन्नतिका साथै छात्रवृत्ति प्रदान गर्नको लागि हालसम्म करिब १० लाख रुपैया सहयोग रकम जम्मा गरिसकेको समाजका सदस्य विनोद खतिवडाले जानकारी दिएका छन् । विद्यालयमा कार्यक्रम गर्दा पटकैपिच्छे ठुलो रकम खर्च हुने भएकोले समाजले पहिलो चरणमा २ लाख ४४ हजार रुपैयामा खर्च गरि मंच निर्माण गरिसकेको पनि सदस्य खतिवडाले जानकारी दिएका छन् ।








