प्रथम भानु नगर महोत्सव सफलतापुर्वक अगाडि बढ्दै

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको भानु नगरपालिका १ भन्सारमा पुष ९ गतेबाट शुरु भएको प्रथम भानु नगर महोत्सव २०८१ मा आईतवार मानिसहरुको उत्साहजनक सहभागीता रहेको छ । भानु नगर उद्योग वाणिज्य संघको आयोजनामा भएको उक्त महोत्सवमा आज विदाको दिनमा अन्य दिनको तुलनामा मानिसहरुको बढि नै सहभागिता रहेको थियो ।
आजको महोत्सवमा चर्चित गायक पुरुषोत्तम न्यौपाने, राजु परियार, चोलेन्द्र पौडेल, ज्योति लोहनी, सिर्जना खत्री लगायतका स्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो । पुरुषोत्तम न्यौपाने, राजु परियार, चोलेन्द्र पौडेल, ज्योति लोहनी, सिर्जना खत्री लगायतका कलाकारहरुको प्रस्तुतिमा दर्शकहरुले अत्याधिक मनोरन्जन लिएका थिए ।
समग्र भानु नगरपालिकाको प्रचार प्रसार र व्यापारी व्यवसायीको हितका लागि महोत्सव आयोजना गरिएको र दर्शक स्थानियको उपस्थितिले आयोजकलाई हौशला मिलेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताएका छन् ।
पौष २१ गतेसम्म लाग्ने महोत्सवका सहभागीहरुले त्यहा राखिएका स्टलहरुमा अत्यावश्यक सरसामान खरिद गरेको व्यापार पनि सन्तोषजनक रहेको व्यापारीहरुको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्