बन पैदावर उद्योग व्यवसायी संघ तनहुँद्धारा देवघाटको सिञ्च्याङगढीमा न्यानो कपडा वितरण

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । बन पैदावर उद्योग व्यवसायी संघ तनहुँले देवघाट गाउँपालिका वडा नं. ४ सिञ्च्याङगढीमा बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । पछिल्लो समय सामाजिक क्षेत्रमा काम गर्दै आएको तनहुँको बन पैदावर उद्योग व्यवसायी संघ नेपाल बन पैदावर उद्योग व्यवसायी संघ तनहुँले देवघाट ४ सिञ्च्याङगढी को जनज्योति आधारभुत विद्यालयमा अध्ययनरत बालबालिकालाई आइतबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरेको हो । उक्त अवसरमा कक्षा १ देखि ५ सम्म अध्ययनरत १६ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । उक्त विद्यालयमा अध्ययनरत अधिकाँश बालबालिका जनजाति, पिछाडिएका रआर्थिक अवस्था नाजुक रहेले न्ष्यानो कपडा वितरण गरिएको संघका अध्यक्ष दीपबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।
नेपाल बन पैदावर उद्योग व्यवसायी संघमार्फत ट्रयाकसुट,स्वीटर सहयोग गरेको हो । संघका केन्द्रीय सदस्य देव रसाइलीले जुत्ता र संघका सदस्य बाबुराम पुरीले टोपी र मोजा व्यक्तिगत रुपमा सहयोग गरेको संघका अध्यक्ष दीपबहादुर श्रेष्ठले जानकारी दिए ।
संघका अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न न्यानो कपडा वितरण कार्यक्रममा देवघाट–४ वडाध्यक्ष मित्रलाल गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा स्वागत संघका वरिष्ठ उपाध्यक्ष सोमराज सिग्देल र संचालन संघका सदस्य यालबहादुर गुरुङले गरेका थिए । कार्यक्रममा संघका कोषाध्यक्ष कृष्णराज लामिछाने,सदस्य बाबुराम पुरी, ,स्वास्थ्य इन्चार्ज रोकेश अधिकारी,टोल विकास संस्थाका पदाधिकारी र स्थानीयबासीको सक्रिय सहभागिता रहेको थियो ।
(रेडियो बन्दिपुरको सहयोगमा )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्