काठमाण्डौ । नेपाल तरुण दल केन्द्रीय समितिले पुस को २२ र २३ गते दलको केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला बोलाएको छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपा स्थित बिपी स्मृति भवनको सभाहलमा हुने भेलाको उद्घाटन नेपाली काङ्ग्रेस पार्टी सभापति शेर बहादुर देउवाले र उक्त कार्यक्रममा केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्षहरूलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ ।








