सर्लाहीमा ट्याक्टरसँग मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

सर्लाहीको बरहथवा नगरपालिका-९, मूर्तिया चोकमा उखु बोकेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।

विपरीत दिशामा रहेका ज१त ९८७६ नम्बरको ट्याक्टर र ज४प ३७७ नम्बरको मोटरसाइकल सोमबार राति ठोक्किंएका थिए । दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका-५ बस्ने २५ वर्षीय हरिन्द्र महतो र मोटरसाइकल पछाडि सवार २२ वर्षीय पुरुषोत्तम दासको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डीएसपी गौतम थापाले जानकारी दिए ।

डीएसपी गौतमका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राति नै अस्पतालमा उपचारका क्रममा मृत्यु हो ।

ट्याक्टर र त्यसका चालक बलरा नगरपालिका  -७ का ३८ वर्षीय वीरेन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साभारः अनलाईन खबर

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्