तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं ६ सिम्पानीको प्रभात मा. बिद्यालयको व्यवस्थापन समितिका पदाधिकारीहरुले सामुहिक राजिनामा दिएका छन् ।
भानुका नगर प्रमुखलाई सम्बोधन गरिएको पत्रमा भानु नगरपालिकाको शिक्षा सूचना तथा खेलकुद शाखाको मातहतमा रहेको नगर शिक्षा समितिले शिक्षक सरुवा निर्देशिका २०८१ विपरित मनोमानी ढंगबाट शिक्षक सरुवा गर्ने, गराउने कार्य गरेकोले बिद्यालय व्यवस्थापन समितिबाट सामुहिक राजिनामा दिएकोमा बताएका छन् । पत्रमा विद्यालय व्यवस्थापनमा
विद्यालय व्यवस्थापन समितिको कुनै भुमिका रहेको महसुस गर्न नपाएको र बिद्यालयमा व्यवस्थापन समिति रहनुको कुनै अौचित्य नभएको महसुस भएकोले सबैले राजिनामा दिने निर्णय गर्दछौ भनिएको छ ।
राजिनामा दिने बिद्यालय व्यवस्थापन समितिका अधक्ष रितेश खड्गी, सदस्यहरु भरत मक्राति, दुर्गा खड्गी, नानुमाया गोतामे र चन्दा खड्गी रहेका छन् ।








