नेकपा एमाले व्यास ४ वडा कमिटले गर्यो सरसफाई कार्यक्रमको आयोजना

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । नेकपा एमाले व्यास नगरपालिका वडा ४ को वडा कमिटीले सरसफाई कार्यक्रमको आयोजना गरेको छ । वडा कमिटीद्धारा आयोजित उक्त सरसफाइ अभियान कार्यक्रम व्यास ४ भोर्र्लेटार चोक नजिकै नमुना टोल बिकास सस्थाबाट सुरु गरिएको छ। कार्यक्रममा व्यास ४ का वडा अध्यक्ष मनबहादुर गुरुगं , नेकपा एमाले जिल्ला सदस्यहरु श्रीराम कार्की अचुक, ऋषिराम भुषाल, ईश्वर बिष्ट, नगर अध्यक्ष तुल्सीराम पाण्डे , उपाध्यक्ष चिज बहादुर गुरुगं, टोल बिकास संस्थाका पदाधिकारी लगायतका महानुभावहरुको सहभागिता रहेको थियो । यस्तो प्रकारको कार्यक्रमले पार्टीलाई जनतामाझ अझ परिचित बनाउन र आफ्नो टोल , वडा सफा राख्न मद्धत पुगेको सहभागी अतिथि लगायत सहभागी सबैको धारणा रहेको नेकपा एमाले व्यास ४ का अध्यक्ष सरोज बस्नेतले बताएका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्