सुस्मिता मृत्यु प्रकरणमा फरार रहेका युवक देव बहादुर थापा झुन्डिएको अवस्थामा मृत फेला

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित होटलमा युवती मृत भेटिएको प्रकरणमा फरार रहेका युवक पनि मृत फेला परेका छन् । ओखलढुंगा घर भएर जापान बस्दै आएका देव बहादुर थापा पनि झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी कृष्ण खड्का अनुसार २४ वर्षीय थापाको शव सुनकोशी देवीस्थान जंगलमा रहेको रुखमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको हो ।

गत पुस १६ मा बागमती होटलमा सुस्मिता खड्का मृत फेला परिन् । कागेश्वरी मनोहरा नगरपालिकास्थित आलापोट घर भएकी उनी होटलको ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

मध्यान्ह उनीसँगै होटलमा गएका थापा भने फरार थिए । होटलको कोठा जापान बस्दै आएका थापाकै नाममा बुक भएको भेटिएको थियो ।

युवकका परिवार आलापोटमा बस्छन् । थापाले आफ्नो सवारी चालक अनुमति पत्रको फोटोकपी होटलमा बुझाएका थिए । होटल बुक गर्ने थापालाई प्रहरीले खोजी गरिरहेको थियो ।

यता, सुस्मिताको शरीरमा घाउचोट देखिएको छैन । अनुसन्धान अधिकृतहरूले उनको हत्या भएको आशंका गरेका छन् । उनको मृत्युको कारण खुलेको छैन ।

साभारः रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्