प्रशासनिक क्षेत्रमा उत्कृट कार्य गरे बापत प्रदिप न्यौपाने सम्मानित

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । प्रशासनिक क्षेत्रमा उत्कृष्ट कार्य गरे बापत प्रदिप न्यौपाने सम्मानित भएका छन् । तनहुँको म्याग्दे गाउँपालिका  आर्थिक विकास शाखा प्रमुख न्यौपाने प्रशासनिक क्षेत्रमा  उल्लेखनीय योगदान पुर्याए वापत काठमाडौंमा  आयोजित एक कार्यक्रममा उपसभामुख इन्दिरा रानाबाट सम्मानित भएका हुन् । आफू अझ दत्तचित्त भएर राष्ट्रसेवकको रुपमा काम गर्न हौसला मिलेको सम्मानित भएपश्चात न्यौपानेले बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्