नक्कली इन्सपेक्टर बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नक्कली इन्सपेक्टर बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरी पोशाकको समेत दुरुपयोग गर्दै नक्कली इन्सपेक्टर बनेर ठगी गरेको आरोपमा सुदीप थापा नाम गरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ थापाचोकका ३८ वर्षीय थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीसँगै कोटेश्वरमा रहेको मार्शल प्रिन्टिङ प्रेसका सञ्चालक ४४ वर्षीय किशोरकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

थापाले इन्सपेक्टरको नक्कली परिचयपत्र देखाउने, प्रहरी पोशाक समेत देखाउने र उच्च पदस्थ व्यक्तिसँग खिचिएका तस्वीर समेत देखाएर ठगी गर्ने गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

चौधरी भने नक्कली परिचयपत्र बनाएको आरोपमा पक्राउ परेका हुन् । थापाले क्यानडा, अस्ट्रेलियालगायत देशमा पठाउने भन्दै ठगी गरेको आरोप छ ।

साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्