काठमाण्डौ । मंगलवार बिहानैे चीनको तिब्बत केन्द्रबिन्दु ७ रेक्टरस्केलको भुकम्प गएको छ ।उक्त भुकम्पले नेपालमा पनि काठमाडौं लगायत आसपासका क्षेत्रमा क्षेत्रमा धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ७ रेक्टर स्केलको केन्द्रबिन्दु भूकम्पको केन्द्रबिन्दु चीनको चिब्बत स्वायत्त क्षेत्रको झिजाव सहरको एउटा काउन्टी हो ।
भूकम्पको केन्द्रबिन्दु नेपालको सोलुखुम्बुको लोबुछे क्षेत्रबाट क्रमसश ९३ र ५२ किलोमिटर उत्तरपूर्व तिब्बतमा रहेको उल्लेख छ ।
नेपालको संखुवासभा, ताप्लेजुङ, काठमाडौंसहित देशभरि हल्लाएको छ भने मधेश प्रदेशका विभिन्न जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ । साथै भारतको सिक्किममा पनि धक्का महसुस भएको छ ।








