भिम रावल लगायतलाई गरिएको कारवाही पुनर्विचार नहुने केपी शर्मा ओलीको भनाई

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भिम रावल लगायतलाई नेताहरूमाथिको गरिएका ेकारबाही तत्काल पुनर्विचार गर्न नसकिने बताएका छन् ।

अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्ता अनुशासनबाट बाहिर गएपछि कारबाही गरेर अनुशासन कायम गर्नुपर्ने भन्दै सुध्रिएको खण्डमा सोच्न सकिने भएपनि तत्काल त्यसबारे पार्टीले नसोचेको बताए ।

नेताहरू भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथिको कारबाहीबारे केही केन्द्रीय सदस्यले गरेको प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘यहाँ केहीले नेताहरूमाथिको कारबाहीमाथि पुनः विचार गरौँ भनेको पनि सुनियो, तर त्यो होइन, पुनर्विचार हुँदैन’, अध्यक्ष ओलीले भने, ‘पार्टी नेतृत्व र नीतिका पक्षमा रहनुपर्छ । अनशनहीनता र अराजकता स्वीकार्य छैन ।’ एक केन्द्रीय सदस्यले भने, ‘विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको हकमा पनि त्यो लागु हुनसक्छ । रावलको त के कुरा भयो र १’

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्