डडेल्धुरामा पोखरीमा डुबेर साढे दुई वर्षीया बालिकाको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

धनगढी । डडेल्धुरामा पोखरीमा डुबेर साढे दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो गन्यापधुरा गाउँपालिका–२ कालापानीका गणेश मालीको दुई वर्ष पाँच महिनाकी छोरी रिया मालीको घर नजिकैको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिकालाई पोखरीमा डुबेर घाइते भएको अवस्थामा उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो तर चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए । अहिले बालिकाको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

 

साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्