सल्यानको सिस्नेपातलमा घरभित्रै दिदीबहिनी मृत भेटिए

सर्वज्योति
  • ख-
  • ख+

सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा दिदीबहिनी नै घरभित्र मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर) बाबुराम बस्नेतका अनुसार बुधबार बिहान ३ वर्ष र ६ महिनाका दुई दिदीबहिनी मृत अवस्थामा फेला परेका हुन् ।

उनीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्ने गरेको इन्सपेक्टर बस्नेतले जानकारी दिए ।

‘दुई जना छोरी र आमा सँगै एउटै घरमा बस्ने गर्नुभएको रहेछ,’ बस्नेतले भने, ‘बुवा नुवाकोटमा काम गर्नुहुँदो रहेछ । दुइवटै छोरीको मृत्यु भएको अवस्थामा भेटिएको छ ।’

घटना शंकास्पद देखिएको भएपनि अन्य विवरण खुलिनसकेको उनले बताए ।

‘घटना शंकास्पद देखिन्छ । कहिँ न कसैले केही गरेको हुनपर्छ । कसरी घटना भयो भन्नेबारे हामी अनुसन्धानमै छौं,’ उनले भने ।
साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्