काठमाडौं । न्याय सेवातर्फका दुई सचिवको सरुवा भएको छ । न्याय सेवा आयोगको बुधबारको बैठकले नेपाल न्याय सेवा राजपत्राङ्कित विशिष्ट श्रेणी सचिव वा रो सरहका दुई कर्मचारीको सरुवा गरेको हो ।
बैठकले न्याय सेवा, न्याय समूह राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव वा सो सरहका पदका नौँ सहसचिवको पनि सरुवा गरेको छ । जसमा नेपाल न्याय सेवा, न्याय समूहका सहसचिव एवम उच्च अदालत पाटन अन्तरतग हेटौडा इजलाशमा कार्यरत रजिष्ट्रार रामप्यारी सुनुवारको न्याय परिषद् सचिवालयमा सरुवा भएको छ ।
यस्तै नेपाल न्याय सेवा, सरकारी वकील समूहतर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत गंगाप्रसाद पौडेलको महान्यायाधिवक्ताको कार्यालयमा, महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत सहन्यायाधिवक्ता शम्भु कार्कीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ ।
यस्तै विभिन्न निकायमा कार्यरत नेपाल न्याय सेवा न्याय समूहतर्फका १३, कानून समूहका ३४ र सरकारी वकिल समूहका ४० जना गरेर ८७ जना उपसचिवको पनि सरुवा भएको छ भने सरकारी वकिल समूहका १०७, कानून समूहका २५ र न्याय समूहका १२ गरेर १४४ शाखा अधिकृतको पनि सरुवा भएको छ ।
बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा न्याय समूहका ३, सरकारी वकिल समूहतर्फका ३ र कानून सहूतर्फका २ गरेर ८ जना उपसचिवलाई सहसचिवमा बढुवा, नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको छ भने न्या समूहतर्फ कार्यक्षमता मूल्यांकनका आधारमा २ जना उपसचिवलाई सहसचिवमा बढुवा, नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको छ ।
न्याय-सेवा-आयोगको-मिति-२०८१०९२४-को-सूचना
साभारः नेपाल प्रेस








