तनहुँ । कम्युनिस्ट आन्दोलन एवं मुक्ति आन्दोलनका अगुवा स्वर्गिय रामलिला सुवर्णकारको प्रथम बार्षिक स्मृति सभा दमौलीमा सम्पन्न भएको छ । नेकपा एमाले व्यासनगर कमिटीको आयोजनामा स्र्वर्गिय सुवर्णकारको स्मृति सभा भएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य केदार सिग्देलको प्रमुख आतिथ्यतामा भएको स्मृति सभामा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य सिग्देलले स्वर्गीय रामलिला सुवर्णकारले शोषित पिडित जनताको लागि निकै काम गर्नुका साथै स्वर्गीय रामलिला सुवर्णकारले गरेको योगदान निकै गर्व गर्न लायक भएको बताएका थिए ।
कार्यक्रममा नेकपा एमालेका बुद्धिजीवी परिषद्का केन्द्रीय सल्लाहकार सदस्यहरु एकबहादुर राना, पि.एल. श्रेष्ठ , नरेन्द्र वाग्ले, प्रदेश कमिटी सदस्य श्रीप्रसाद श्रेष्ठ , मोहनकुमार बि.क. , मनुमाया श्रेष्ठ, गीता हमाल, नेकपा एमाले तनहुँ जिल्ला कमिटी अध्यक्ष हरिराज कडेंल, उपाध्यक्ष राजेश्वर ढकाल, सचिव प्रदिपराज अधिकारी लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल एमाले बुद्धिजीवी परिषद्का केन्द्रीय सल्लाहकार सदस्य पि.एल.श्रेष्ठ , नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य मोहन कुमार बि.क., नेकपा एमाले तनहुँ जिल्ला कमिटीका अध्यक्ष हरिराज कडेंल, प्रदेश कमिटी सदस्य श्रीप्रसाद श्रेष्ठले स्वर्गीय रामलिला सुवर्णकारले कम्युनिष्ट, दलित तथा जातिय मुक्ति आन्दोलनमा पुर्याएको योगदानको बारेमा चर्चा गर्दै उहाँले जातिय विभेद अन्त्य गर्ने कुरामा अतुदनिय योगदान पुर्याएको बताएका थिए । साथै स्वर्गीय रामलिला सुवर्णकारलाई सच्चा श्रद्धाञ्जली दिन स्वर्गीय सुवर्णकार झैं पार्टीको लागि कटिबद्ध भएर लाग्नुपर्ने पनि बताएका थिए । स्मृति सभामा अतिथि वक्ताहरुले स्वर्गीय रामलिला सुवर्णकार तनहुँका दलित नेताहरुमा अग्रिणी नेता रहेको बताएका थिए ।
कार्यक्रममा स्वर्गीय सुवर्णकारका परिवारका तर्फबाट स्वर्गीय सुवर्णकारका पुत मनोज सुवर्णकारले आफू आफ्नो बुबाले अङ्गालेको सिद्धान्तलाई अंगिकार गर्दै सदा पार्टीप्रति वफादार रहने बताएका थिए ।
नेकपा एमाले ब्यास नगर कमिटीका अध्यक्ष तुलसीराम पाण्डेले स्वर्गीय सुवर्णकारले पार्टीको लागि अविस्मरणीय काम गरेको बताउदै कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
नेकपा एमाले व्यास नगर कमिटीका उपसचिव सुदिप पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन नगर कमिटिका सचिव रामचन्द्र अधिकारीले संचालन गरेका थिए ।
स्वर्गीय रामलिला सुवर्णकारको जन्म बि.सं. २०१८ सालमा हालको व्यास नगरपालिका वडा नं ६ तत्कालीन स्याम्घा गाउँ पन्चायतमा भएको थियोे भने बि.सं २०८० पौष २० गते बिहिवारका दिन दमौलीमा स्वर्गारोहण भएको थियो ।









