दमौलीमा राज सिग्देल र प्रदिप रोदनको उपस्थितिमा लायन्स गजल साँझ २०८१ हुदै

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको दमौलीमा चर्चित गायक राज सिग्देल र चर्चित गजलकार प्रदिप रोदनको उपस्थितिमा लायन्स गजल साँझ २०८१ हुन गईरहेको छ । लायन्स क्लब अफ भानुभक्त तनहुँको आयोजनामा माघ ११ गतेका दिन दमौलीमा उक्त कार्यक्रम हुन लागेको हो । उक्त बारेको जानकारी आज दमौलीमा एक पत्रकार सम्मेलनको आयोजना गरिदिईएको छ । लायन्स क्लब अफ भानुभक्त तनहुँका अध्यक्ष हर्षमान श्रेष्ठको् सभापतित्वमा भएको कार्यक्रममा लायन्स क्लब अफ भानुभक्त तनहुँका पुर्व अध्यक्ष सुरेन्द्र पौडेलले तनहुँ जिल्लाकै गायक र देश विदेशमा समेत चर्चित गायक राज सिग्देल र अर्का चर्चित गजलकार प्रदिप रोदनलाई दमौलीमा ल्याएर कार्यक्रम गर्न पाउदा गजल पारखी श्रोताहरुलाई पनि राम्रो हुने बताएका थिए । कार्यक्रममा पत्रकार महासंघ नेपालका पुवै केन्द्रीय सदसइ प्रदिप काफ्ले , पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारीले कार्यक्रमको शुभकामना दिनुका साथै कार्यक्तमलाई सफल र ऐतिहासिक बनाउन मिडियाकर्मीको तर्फबाट सक्दो सहयोग गर्ने बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?