तनहुँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर जस्तै तनहुँमा पनि मनाईदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिने राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ।
देशभर हर्सोल्लास पूर्वक कार्यक्रम मनाईएपनि तनहुँमा राष्ट्निर्मातालाई श्रद्धासुमन गर्ने महानुभावहरुको कमि देखिएपनि र्याली गरि कार्यक्रम गर्न लागिएको राप्रपाले जनाएको छ ।
बि. सं. १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेको थिए ।
उनको जन्मस्थान गोरखामा भने हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ ।








