तनहुँ । । माघ १ गते अर्थात माघे सङक्रान्तीका दिन बन्दीपुर गाउँपालिका वडा न २ को कुकुर्दीमा गोरु जुधाई प्रतियोगिता हुने भएको छ । बन्दीपुर भ्रमण बर्ष २०२५ लाई अझै आर्कषक बनाउनका लागि नारायण गोपाल युवा क्लबले स्वास्थको लागि खेलकुद र युवाको लागि खेलकुदू भन्ने मुल नाराका साथ गोरु जुधाई प्रतियोगिताका साथै गाउँ स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताले समग्र बन्दीपुरको पनि प्रवर्द्धन पनि गर्ने भएकोले गोरु जुधाई प्रतियोगिता आयोजना गर्न लागिएको बन्दीपुर गाउँपालकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिनुभएको छ ।
गोरु जुधाई प्रतियोगितामा पहिलो पुरस्कार १५ हजार रुपैया र द्धितिय पुरस्कार ७ हजार रुपैया रहनुका साथै महिला भलिबल प्रतियोगितामा पहिलो पुरस्कार ७ हजार रुपैया पुरुष भलिबलमा पहिलो पुरस्कार ४० हजार रुपैया, द्धितिय पुरस्कार २५ हजार रुपैया, तृतिय पुरस्कार १५ हजार रुपैयाका साथमेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
उक्त अवसरमा सांस्कृतिक कार्यक्रम, स्थानिय कृषि उत्पादन , प्रदर्शनी तथा हाट मेला लाग्नुका साथै स्थानिय स्वादिष्ट परिकारका खाननेकुराहरुको पनि व्यवस्था गरने आयोजकको भनाई रहेको छ ।









