रुपन्देही । बर्दियाको ठाकुरबाबा नगरपालिका-७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको बाघको आक्रमणबाट मृत्यु भएको छ । बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले थापालाई आक्रमण गरी जङ्गलभित्र पुर्याएको थियो ।
घटनापछि स्थानीयवासी, प्रहरी, सेना, र निकुञ्जको टोली घटनास्थलमा पुगेका थिए । टोली पुगेपछि बाघ शवलाई छाडेर जङ्गलतर्फ भागेको बताइएको छ । यद्यपि, स्थानीयबासीले बाघ नियन्त्रण र उचित क्षतिपूर्तिको माग गर्दै मृतकको शव उठाउन अस्वीकार गरेका छन् ।
बाघ नियन्त्रणका लागि प्राविधिक टोली खटाइएको छ । घटना सामुदायिक वन क्षेत्रमा भएकाले क्षतिपूर्ति दिने प्रक्रिया अझै अन्योलमा रहेको जनाइएको छ ।
साभारः नेपाल प्रेस








