भानु नगरपालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशिल तालिम

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । भानु नगरपालिकाका जनप्रतिनिधिलाई जलवायु सुदिृढिकरण तथा चेतनामुलक कार्यक्रम संचालन गरिएको छ । गैरसरकारी संस्था महासंघ तनहुँको आयोजनामा सोमबार गरिएको कार्यक्रममा भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले जलवायुमैत्री नगरपालिका बनाउन आफूहरु जुटेको बताउनुभयो । पर्यावरण र प्रकृतिलाई संरक्षण गर्न सके मात्र मानव सभ्यताको अर्थ रहने नगरप्रमुख त्रिपाठीको भनाई थियो । हामीले खाली रहेका क्षेत्रमा वृक्षारोपण, वन ढडेलो नियन्त्रण, नदी कटान क्षेत्रमा तटबन्धन गर्ने जस्ता कार्यमा भानु नगरपालिका जुटेको नगरप्रमुख त्रिपाठीले बताउनुभयो । कार्यक्रममा भानु नगरपालिकाका उपप्रमुख उमा गोतामे र प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले भानु नगरपालिकाबाट तर्जुमा गरिने हरेक नीतिलाई जलवायुसँग जोडेर तर्जुमा गरिने बताउनुभयो । तालिममा प्रशिक्षण गर्नुहुँदै गैरसरकारी संस्था महासंघ तनहुँकी सचिव अधिवक्ता सरिता भण्डारीले स्थानीय तहबाट गरिने सामान्यदेखि ठूला योजनामा जलवायु संरक्षणमा टुवा पुग्ने तवरले संचालन गर्न आग्रह गर्नुभयो । भानु नगरपालिका वडा नं. ५ का अध्यक्ष नहकुल अधिकारी, भानु नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डे, भानु नगरपालिकाका सामाजिक विकास अधिकृत कृपाहरि लौडारी, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारीले जलवायु संरक्षणको लागि व्यक्तिगत तवरबाट पनि योगदान दिन सकिने भएकोले जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रमको संचालन पत्रकार पूर्ण विकेले गर्नुभएको थियो । तालिममा भानु नगरपालिकाका स्थानीय जनप्रतिनिधि र कर्मचारी गरी ३५ जनाको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्