शान्ति श्री परियारको गीतमा झुम्यो महोत्सवमा दमौली: भोलि चर्चित मोडल लोमश शर्मा आउने

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ ।तनहुँको सदरमुकाम दमौलीमा जारी ‘नवौ तनहुँ महोत्सवमा’मा गायिका शान्तिश्री परियारको प्रस्तुतिमा दर्शक झुमेका छन् । महोत्सवमा मुख्य आकर्षणका रुपमा उपस्थित शान्तिश्रीले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई नचाइन र आफू पनि नाचिन् । शान्तिश्रीको गीत सुन्न आएका दर्शकले ठूलो स्वरमा हुटिङ गर्दै साथ दिएका थिए ।
भरिभराउ दर्शकका माझ शान्तिश्रीको ‘लाउन दाजै पिरती…’ माली गाईलाई बाधेको दाम्ला, मेरो माया छोडेर कहा जाम्ला ।’ गीतमा दर्शक रोमान्टिक बने । ‘रुकुमकोट हान माया चौका दाउ हुकुमको..’ ले भने दर्शक झुमे । ‘कम्मरैमा पटकी कसेर, मुसुमुसु हासेकी बसेर…रुकुमै कोट…आखा नि राम्रै हो ।’ गीत गाउनुभयो । गोर्खे खुकुरी कम्मरमा, मन जित्यो मायाले पहिलो नम्बरमा…’ भाखासँग शान्तिश्रीसँगै दर्शकले समेत गीत आएका थिए । यस्तै शान्तिश्रीले आफ्नो चर्चित गीत ‘अडेरी काडैले मलाई च्वास्सै, च्वास्सै’ बोलको गीतले दर्शकलाई नचाउनुभयो । ‘गलबन्दी च्यातियो तिम्ले तानेर ’ बोलको चर्चित गीत गाएर गायिका शान्तिश्रीले प्रस्तुतिको बिट मार्नु भएको थियो । शान्तिश्रीको झण्डै एक दर्जन गीत प्रस्तुतिमा दर्शक निकै रमाएका थिए । उहाँको सबै गीतमा दर्शकले हुटिङ गर्नुका साथै नाचेर साथ दिएका थिए । बिहीबार शान्तिश्रीसँगै वसन्त विक, उमादेवी खनाल, समृद्धि परियार र लक्ष्मी नेपालीको समेत प्रस्तुति रहेको थियो ।
महोत्सवमा ६५ हजार दर्शकद्धारा अवलोकन

तनहुँ महोत्सवमा दिनहुँ दर्शकको भीड लागेको छ । बिहीबार सम्ममा ६५ हजार दशर्ककले अवलोकन गर्नुका साथै दुई करोड २५ लाखको कारोबार भएको महोत्सवका प्रवक्ता तथा तनहुँ उद्योग वाणिज्य सङ्घका महासचिव सुवोध अधिकारीले बताउनुभयो । अधिकारीले भन्नुभयो, हामीले आशा गरे अनुरुपको दर्शकको भीड लाग्यो उत्साह मिलेको छ ।’ महोत्सवमा विहान ११ बजे सम्म निशुल्क प्रवेशको व्यवस्था गरेकोले दर्शको भीड लागेको महासचिव अधिकारी बताउनुहुन्छ । महोत्सवमा टिकट काट्नेले बन्दीपुर केवलकारको यात्रामा, शाहसिस खेल तथा खानामा २५ प्रतिशत छुटको अफर असार मसान्त सम्म पाउने भएकोले दर्शकलाई दोहोरो फाइदा भएको महासचिव अधिकारी बताउनुहुन्छ । अधिकारीले भन्नुभयो, बिहान चाँडै आउनेले निशुल्क प्रवेश पाएका छन्, टिकट काट्नेले बन्दीपुर केबलकारमा छुट पाएका छन्, महोत्सव एक फाइदा अनेक भएको छ ।’

महोत्सवमा शुक्रबार चर्चित मोडेल लोमश शर्मा र गायिका अस्मिता अधिकारी आउने

नवौ तनहुँ महोत्सवमा शुक्रबार चर्चित मोडल लोमश शर्मा गायक तथा गायिकाहरु अस्मिता अधिकारी, महेश काफ्ले, वृन्दा परियार आउनु हुने भएको छ ।
तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईको सहआयोजनामा पुस २५ देखि सुरु भएको महोत्सव माघ ७ गते सम्म चल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्