वेदव्यास वैद्दिक सनातन धर्म शास्त्र अनुसन्धान प्रतिष्ठानले शुरु गर्यो व्यासको प्लाष्टिक झोलामुक्त अभियानलाई सहयोग योजना

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको दमौलीमा रहेको वेदव्यास वैद्दिक सनातन धर्म शास्त्र अनुसन्धान प्रतिष्ठानले व्यास नगरपालिकाको प्लाष्टिक झोलामुक्त अभियानलाई सहयोग गर्ने योजना लागु गरेको छ । उक्त प्रतिष्ठान आज एक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डि.पि.अधिकारीको प्रमुख आतिथ्यतामा उक्त योजना लागु गरेको घोषणा गरेको छ । कार्यक्रमका प्रमुख अतिथि अधिकारीले सामाजिक ककामहरु अघि बढेको संस्थाले अझै राम्रा कार्यहरु गर्ने आशा व्यक्त गरेका थिए ।
प्रतिष्ठानका प्रमुख ध्यानाचार्य सद्गुरु जय श्री हरि (खेमराज अधिकारी) ले व्यास नगरपालिकाले प्लाष्टिकमुक्त नगरपालिका बनाउन लागेकोले हामीले हाम्रो तर्फबाट सहयोग गर्नको लागि दैनिक प्रयोगमा आउने कपडाका झोलाहरु वितरण गर्न लागिएको र यो कार्यक्रम लाभदायक हुने बताएका थिए । उक्त अवसरमानेपाल पत्रकार महासंघ तनहुँका नवनियुक्त अध्यक्ष अधिकारीलाई दोसल्ल ओढाएर सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?