
तनहुँ । नेपाल निजामति कर्मचारी संगठन , शुक्लागण्डकी नगरपालिकाको पालिका कमिटीको प्रथम अधिबेशन आज सम्पन्न भएको छ। प्रथम अधिवेशनबाट कोपिला पौडेलको अध्यक्षतामा निर्विरोध १३ सदस्यीय नगर कार्य समिति निर्वाचित भएको छ। कमिटीको उपाध्यक्षमा शिव राज अधिकारी ,सचिबमा रामचन्द्र सुवेदी सह-सचिबमा जीवन पौडेल , काेषाध्यक्षमा सुशील ढकाल सहित सदस्यमा उत्तम थापा, शिव राज ढकाल , तुलशी कुमारी शर्मा भुसाल, धनमाया धिमाल,किसान परियार, कल्पना पौडेल ,कोसिस पोख्रेल , कुलराज मल्ल रहेका छ । साथै शुक्लागण्डकी नगरपालिकाको प्रतिनिधित्व गर्दै जिल्ला कार्यसमिति सदस्यमा पुस्पराज गिरि सर्वसम्बत निर्वचित भएको छ । अधिबेशनमा नेकपा एमाले तनहुका उप- सचिव तथा शुक्लागण्डकी नगरपालिकाका स्थानीय सभा दलका नेता खिम बहादुर कुमालको विशेष उपस्थिति रहेको थियो।