तनहुँ । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएयसन तनहुँको अध्यक्षमा बेन बहादुर थापा चयन भएका छन् । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएयसन जिल्ला कार्य समिति तनहुँको १२ औ अधिवेशनमाले थापालाई अध्यक्ष चयन गरेको हो । निर्वाचित अन्य पदाधिकारीहरूमा उपाध्यक्ष तीर्थराज भट्टराई, सचिव डम्मर राज ओलिया, सह सचिव ईन्दिरा अधिकारी, कोषाध्यक्ष मन्जु न्यौपाने, सह कोषाध्यक्ष कालि बहादुर अधिकारी, सदस्यहरु सुनिता सुवेदी, प्रदिप राज लामिछाने, सदस्य शुसिला जि. सी. , सदस्य गजेन्द्र गिरी, सदस्य सन्तोषी श्रेष्ठ, प्रमोद प्रकाश खनाल र सरस्वती खनाल रहेका छन् ।








