लायन्स क्लब अफ तनहुँ डुम्रेले माघ १० गते रक्तदान कार्यक्रम गर्ने

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । सामाजिक कार्यहरु अग्रसर तनहुँको डुम्रेमा रहेको लायन्स क्लब अफ तनहुँ डुम्रेले माघ १० गते रक्तदान कार्यक्रम गर्न लागेको छ । क्लबले सामाजिक उत्तरदायित्व निर्वाह गर्नको लागि माघ १० गते बिहिवार बन्दिपुर गाउँपालिका १ डुम्रे बजारको बेशिसहर चोकमा रक्तदान कार्यक्रमको आयोजना लागेको हो । यसभन्दा अगाडि पनि रक्तदान कार्यक्रमको आयोजना गरेको क्लबले दोश्रो पटक रक्तदान कार्यक्रमको आयोजना गर्न लागेकोर उक्त कार्यक्रममा ४० पिन्टभन्दा बढि रगत संकलन गर्ने लक्ष्य लिईएको लायन्स क्लब अफ तनहुँ डुम्रेकी अध्यक्ष रिता तिवारीको भनाई छ । आँबुखैरेनी गाउपालिकाको आँबुँखैरेनी अस्पतालको प्राविधिक सहयोगमा संचालन गरिने उक्त रक्तदान कार्यक्रम बिहान १० बजेदेखि संचालन गरिने र रक्तदान जिवनदान भएकोले सबैलाई सहभागी हुन पनि क्लबले आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्