तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं ६ मुलपानीमा माघ १३ गतेदेखि १६ गतेसम्म शहिद बुद्ध सिंह राना स्मृति ‘7& A side’ खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । भानु ६ कै बरभञ्ज्याङ, सहिद बुद्ध सिंह राना प्रतिष्ठान तनहुँले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । सहिद दिवस अबसर पारेर अउयोजना गर्न लागिएको उक्त प्रतियोगिताले ओझेलमा परेको सहिद बुद्ध सिंह राना प्रतिष्ठानप्रति सम्बन्धित निकायलाई घचघच्याउने , खेलकुदको माध्यमबाट आपसी सद्भाव तथा मेलमिलाप बृद्धि गराउनकासाथै शहिदको महत्व बुझाउन पनि स प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानले जानकारी दिएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ४० हजार रुपैया, दोश्रो हुने टिमलाई २० हजार रुपैया, उत्कृष्ट खेलाडीलाई १५ सय रुपैया, उत्कृष्ट गोलरक्षकलाई १५ सय रुपैया र अनुशासित टिमलाई २ हजार रुपैयाका साथै ट्रफि , मेडल प्रमाणपत्रले सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।
मुलपानीखेल मैदानमा गरिने उक्त प्रतियोगिता शहिद बुद्ध सिंह राना स्मृति फुटबल प्रतियोगिता दोस्रो संस्करण भएको पनि खेल संयोजक कुशल लामाले जानकारी दिएका छन् ।









