तनहुँ । संचारकर्मी अञ्जु दाहाल महिला सशक्तीकरण संचार समाज तनहुँको अध्यक्ष चयन एकी छन् । महिला सशक्तीकरण संचार समाज तनहुँको दमौलीमा भएको साधारण सभाले दाहाललाई अध्यक्षमा चयन गरेको हो । समाजको साधारण सभाले दाहालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ जसअनुसार प्रथम उपाध्यक्ष अस्मिता खनाल, द्वितीय उपाध्यक्ष बिमला दवाडी, सचिव सुनिता आचार्य, कोषाध्यक्ष शिला वाग्ले र सहसचिव सावित्रा कोइराला रहेका छन् ।
त्यसैगरि समितिको सदस्यहरुमा मुन्नी खातुन, मनिता पन्थ, भूमिका आले, बिन्दु नैनाबस्ती, गोमा तिवारी र समितिको सल्लाहकारमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य एवम् पूर्व अध्यक्ष प्रदीप काफ्ले, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारी र समाजकी सस्थापक अध्यक्ष प्रकृति न्यौपाने चयन भएका छन् ।








