एकबिहानै तनहुँको छिर्कनमा मोटरसाईकल दुर्घटनाः २ जनाको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । एकबिहानै तनहुँको छिर्कनमा कहाली लाग्दो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गको छिर्कनेमा मोटरसाईकल सवार २ जना मानिसहरु मोटरसाईकलसहित सडक छेउ खसेर दुर्घटना भएको प्रारम्भिक अनुगमनमा देखिएको छ । डुम्रेतर्फ जादै गरेको मोटरसाईकल कन्ट्रोल नभएर चिप्लिएपश्चात करिब बिहान ८ः ३० बजेको समयमा उक्त दुर्घटना भएको स्थानियहरुको भनाई छ । दुर्घटनामा मृत्यु हुनेव्यक्तिहरु करिब २५, २६ बर्षभन्दा बढि उमेरका देखिएका छन् भने उनीहरुको परिचय खुल्न बाँकि रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्