सामाजिक अभियन्ता पन्थको ‘न्यानो अभियान’ सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । पछिल्लो समय सामाजिक काममा सक्रिय रहेका युवा अभियन्ता पन्थद्वारा सञ्चालित ‘न्यानो अभियान’ सफलतापूर्वक सम्पन्न भएको छ। अभियानले तनहुँका आठ विद्यालयका २३२ विद्यार्थीलाई आवश्यक अनुसार स्वेटर, झोला, हाईनिक र ट्र्याकसुट वितरण गरिएको अभियानले चिसो मौसममा विद्यार्थीहरूको आवश्यकतामा सहयोग पुर्‍याएको छ।

सानै उमेरदेखि समाजसेवामा सक्रिय पन्थलाई उदाहरणीय पात्रका रूपमा हेरिँदै आएको छ। स्थानीयले पन्थको प्रयासप्रति प्रशंसा गर्दै यसलाई प्रेरणादायी अभियान भनेका छन् साथै आगामी दिनमा पन्थले अझै सामाजिक काममा सक्रिय भएर समाजलाई योगदान पुर्याउने बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्