राष्ट्रिय युवा संघ तनहुँको अधिवेशन माघको १९ गते शनिवार हुने

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । राष्ट्रिय युवा संघ तनहुँको अधिवेशन माघको १९ गते शनिवार हुने भएको छ । बैठक नेकपा एमाले जिल्ला कमिटि तनहुँका अध्यक्ष हरिराज कडेलको प्रमुख आतिथ्यतामा भएको बैठकमा प्रमुख अतिथ्यतामा भएको थियो । उक्त अवसरमा कडेलले युवाहरुले पार्टीले गरेका कामहरुको प्रचार गर्नु पर्ने, युवा संघमा लागेका युवाहरुले समाज परिवर्तन  गर्न लाग्नुपर्ने  बताएका थिए । कार्यक्रमका विशिष्ठ अतिथि राष्ट्रिय युवा संघ गण्डकी प्रदेशका अध्यक्ष पिताम्बर खनालले तनहुँको राष्ट्रिय युवा संघको अधिवेशनले लागि तयारीमा सबै जनाले आफ्नो ठाउबाट लाग्न आग्रह गरेका थिए । उक्त अवसरमा खनालले युवा संघले देशभर नै निक्कै राम्रा राम्रा कामहरु गर्दै आएको बताएका थिए ।
बैठकमा युवा संघका केन्द्रिय सदस्य सुदिप आर्चार्य नेकपा एमाले तनहूँ जिल्ला कमिटि सदस्य मुन्नि खातुन, राष्ट्रिय युवा संघ गण्डकी प्रदेश सदस्य मनिष वि. क. ,अब्बु मिया, सन्तोष रेग्मी लगातको उपस्थिति रहेको थियो ।
राष्ट्रिय युवा संघ जिल्ला कमिटि तनहुँँका अध्यक्ष मदन तिमल्सेनाको अध्यक्षतामा बसेको बैठकले युवा संघ तनहुँको १० औं अधिवेशन माघ १९ गते शनिवार नेकपा एमाले तनहुँको सभा हालमा गर्ने निर्णय गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्