खैरो हेराइनसहित नागढुंगाबाट ३ जना पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । अवैध लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत घर भएका ३७ वर्षीय गोबिन्द बाला, काठमाडौं चन्द्रागिरि नगरपालिका–११ का २६ वर्षीय रमन महर्जन र धादिङको थाक्रे गाउँपालिका–११ का ३८ वर्षीय विनोद तामाङ छन् ।

उनीहरूलाई प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र। १–०१–००६ ख ४७९६ नम्बरको यात्रुबाहकबाट आउँदै गरेका भारतीय नागरिक बालालाई १५० ग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको थियो ।

बालाले उक्त लागुऔषध महर्जन र तामाङले ल्याउन लगाएको बताएका थिए । त्यसपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

 

साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्