तनहुँ। बाग्लुङ्ग नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेंलसहितको टोलीले व्यास नगरपालिकाको फोहर सुधार केन्द्रको अवलोकन गरेको छ । देशभरका स्थानिय निकायहरुले
फोहोर मैला व्यवस्थापन समस्या भोगिरहेको र पछिल्लो समय व्यास नगरपालिकाले फोहोर मैला वर्गिकरणमा उल्लेखनिय प्रगति गरेको सुनेर स्थलगत अवलोकनका लागि आएको उक्त अवसरमा मेयर श्रेष्ठले बताएका थिए । कुहिने र नबुहिने फोहोर वर्गीकरणमा स्थानिय मानिस सचेत भएमा मात्र फोहोर मैला व्यवस्थापनमा सफलता मिल्ने बताउदै श्रेष्ठ आगामी दिनमा व्यास १० दुम्सि, भतेरीमा स्थापना गरिएको कुहिने फोहोर पुन प्रयोग केन्द्रको अवलोकन गर्न आउने बताएका थिए । मेयर श्रेष्ठसहितको टोलिलाई नकुहिने फोहोर वर्गीकरण स्थानको अवलोकन गराउदै व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले फोहोर वर्गीकरणमा उल्लेखनीय काम भएको र नकुहिने फोहोरको बिक्रीबाट व्यास नगरपालिकाले आम्दानी गर्न थालेको बताएका थिए । साथै मेयर न्यौपानेले फोहोर सुधार केन्द्र स्थापनाका लागि जग्गा खरिदको प्रक्रिया अगाड बढ्न लागेकोले व्यास नगरपालिकाको फोहोर मैला अझ व्यवस्थित रुपमा व्यवस्थापन गरिने बताएका थिए ।


छुटाउनुभयो कि ?






