बलात्कार आरोपमा एमाले नेता लामा कारागार चलान

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश रेशराज शर्माको मंगलबारको इजलासले लामालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

काठमाडौंको शंखरापुर नगरपालिका–१ का लामालाई नाबालिका बलात्कार आरोपमा प्रहरी वृत्त बौद्धले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

उनी पक्राउ परेपछि पार्टीको ‘मर्यादामा आँच’ आउने गतिविधि गरेको एवम् ‘असामाजिक क्रियाकलाप’मा संलग्न भएको भन्दै एमाले काठमाडौंले निलम्बन गरेको थियो ।

साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्