बस र मिनी ट्रक एक आपसमा ठोक्किँदा हिरा पुन मगरको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिका–३ सतरीस्थित सडकमा बस र मिनी ट्रक एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

ना ४ ख ६२६३ नम्बरको बस र कर्णाली प्रदेश ०२००१ क ००४८ नम्बरको मिनी ट्रक बिहीबार दिउँसो एक आपसमा ठोक्किएका थिए ।

उक्त दुर्घटनामा परेर ट्रक चालक दैलेखकको गुराँस गाउँपालिका–१ का ३१ वर्षीय हिरा पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मगरको प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा मृतयु भएको हो ।

सोही दुर्घटनामा परेर घाइते भएका अन्य ६ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
अनलाईन खबर

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्