तनहुँका पत्रकार पूर्ण वि. के. जागरण मिडिया सेन्टरको केन्द्रीय सचिबमा मनोनित

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँका पत्रकार पूर्ण वि. के. जागरण मिडिया सेन्टरको केन्द्रीय सचिबमा मनोनित भएका छन् । जागरण मिडिया सेन्टरको शनिबार काठमाण्डौमा सम्पन्न २५ औं साधारणसभाले पत्रकार महासंघ तनहुँका कोषाध्यक्ष समेत रहेका विकेलाई सचिवमा मनोनीत गरेको हो ।
सचिबमा मनोनित भएपश्चात वि. के. ले जातिय विभेद विरुद्धको यात्रामा कांडाहरु अझैपनी पन्छाउन बांकि रहेको र आउँदा दिनहरूमा यस आन्दोलनलाई अझ व्यापक, समावेशी र प्रभावकारी बनाउन हरेक पुस्ताले योगदान दिन जरुरी बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्